काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि ६ न्यायाधीश नियुक्तिको सिफारिश गरेको छ । न्यायपरिषद्ले मंगलवार गरेको निर्णय अनुसार शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरिएको छ । तीमध्ये पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य उच्च अदालतका न्यायाधीश हुन् । त्यस्तै ६ उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको परिषद्ले विभिन्न अदालतका न्यायाधीशको सरुवा सिफारिश समेत गरेको छ ।