ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि नारायणी महोत्सव शुरू हुँदै

२०८० मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवनको नारायणी नदी किनारमा आज (बुधवार)देखि नारायणी महोत्सव सञ्चालन हुँदै छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८०’ हुन लागेको हो ।

स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महोत्सव मङ्सिर १६ गतेसम्म चल्ने रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।

लागूऔषध प्रयोगकर्ताको नि:शुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीको प्रवर्द्धनमा सघाउने श्रेष्ठले बताए । महोत्सवमा सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक र विपन्न तथा पाँच वर्षमुनिका बालबालिकाका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्न ५७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवले घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय स्रोतसाधन, मौलिक परम्परा, स्थानीय कृषि उपज लगायतको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका २५० स्टल रहनेछन् ।

महोत्सव भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्त्वपूर्ण माध्यम बन्ने महोत्सवका सहसंयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यको जानकारी दिन महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिएको छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् ।

महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका स्टल रहनेछन् । यस्तै नि:शुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम र अन्तरराष्ट्रियस्तरका बाल उद्यान रहने आयोजकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)