ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै ५० प्रतिशतले घट्यो जिओ अटोमोबाइल्सको आम्दानी

२०८० मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै नेपालको फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको आम्दानी पनि घटेको छ । 

रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष सन् २०२२ मा १ अर्ब ६५ करोड रुपैयाँ (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको यस कम्पनीले सन् २०२३ मा ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी ४९ दशमलव ७५ प्रतिशतले घटेको हो । 

भारतमा रहेको फोर्ड गाडीको प्लान्ट बन्द भएसँगै कम्पनीको आम्दानी सन् २०२२ मा ५२ प्रतिशतले र सन् २०२३ मा ५० प्रतिशतले घटेको ईक्राले जनाएको छ । भारतस्थित प्लान्ट बन्द भएसँगै कम्पनीले थाइल्यान्डबाट गाडी आयात गरेर विक्री वितरण गर्दै आएको थियो । 

कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि एल डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ । 

सन् २००७ मा स्थापित यस कम्पनीमा गोल्छा समूहको लगानी छ । कम्पनीमा आकाश गोल्छा, शेखर गोल्छा र लोकमन्य गोल्छाको शेयर हिस्सा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)