ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार छलीको सामानबाट रू. ४२ करोडभन्दा बढी राजस्व असुली

२०८० मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम। मधेश प्रदेशमा भन्सार छलेर भित्त्याइएका सामानबाट चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महीनामा प्रहरीले रू. ४२ करोड ३६ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । मधेश प्रदेशका आठओटै जिल्लाका सीमा नाकाबाट भन्सार छलेर ल्याइएका सामानबाट उक्त परिणाममा राजस्व असुल गरिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रहरीका अनुसार सप्तरीबाट रू. १ करोड ४३ लाख २२ हजार रुपैयाँ संकलन गरिएको छ । यसैगरी सिरहाबाट रू. १ करोड २१ लाख ७९ हजार, धनुषाबाट रू. १ करोड ११ लाख ५७ हजार र महोत्तरीबाट रू. ४ करोड २९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै सर्लाहीबाट रू. २ करोड ६४ लाख ४२ हजार, रौतहटबाट रू. २ करोड २८ लाख ९४ हजार, बाराबाट रू. १३ करोड ५ लाख ३१ हजार र पर्साबाट रू. १६ करोड ३२ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भन्सार छलेर भित्त्याइएका सामानहरूमा विद्युतीय सामग्री, सवारीसाधनका पाटपुर्जा, लत्ताकपडा, शृंगारका वस्तु र चाँदी रहेका छन् । तस्करले भन्सार छलेर ल्याएका सामान जफत गरी कारबाही गर्दा उक्त राजस्व संकलन भएको प्रहरी उपरीक्षक महतोले बताए । मधेश प्रदेशमा तस्करी रोक्न सीमा नाकामा थप कडाइका लागि प्रहरी गस्ती बढाइने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)