ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा

२०८० मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा भएको जानकारी दिएको छ । मङ्सिर १४ मा शुरू हुने मेला १८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भइसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशको सहभागिता रहनेछ ।

मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल’ पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० ओटा स्टलसहितको पेभेलियन रहने बताइएको छ । मेलामा चीनका ५५, भारतका ३०, बंगलादेश र पाकिस्तानका ८/८ स्टल रहनेछन् । २१० स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाइ छ ।

नेपाल अन्तरराष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको आयोजकको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास आयोजकको छ ।

सो अवसरमा चीनको गान्छु प्रदेशका १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल एवं बिजनेश म्याचमेकिङ कार्यक्रम समेत राखिने बताइएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधि, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)