ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मोरङ व्यापार संघ एक्स्पो’ पुस ६ देखि

४ लाख अवलोकनकर्ता, १५ करोडको कारोबार हुने अनुमान

२०८० मंसिर, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म सातौं ‘मोरङ व्यापार संघ एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यसअघि हुँदै आएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक तथा व्यापार मेलाकै निरन्तरतास्वरूप यसपटक संघको नाम राखेर एक्स्पो सञ्चालन गर्न लागिएको हो । विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पो सञ्चालन हुने एक्स्पोका संयोजक अनिल साहले जानकारी दिए । क्रिसमस र अंग्रेजी नयाँ वर्ष समेत पर्ने भएकाले नेपाल र भारतका गरी करीब ४ लाख अवलोकनकर्ताले मेला भ्रमण गर्ने अनुमान गरिएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मेलालाई भव्य रूपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक र संघका सचिव सञ्जय श्रेष्ठ तथा कार्यकारिणी सदस्य अमित शारडालाई सह–संयोजकको जिम्मेवारी दिइएको बताए । संघका अध्यक्ष रिजालले मेलामा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान रहेको बताए । मेला सम्पन्न गर्न साढे ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने उनको भनाइ छ ।

नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य 

नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य राखेर मेला आयोजना गर्न लागिएको अध्यक्ष रिजालले बताए । 

मेलामा २५० स्टल रहनेछन्, जसमा ग्रामीण क्षेत्रबाट आउने कृषि तथा महिला उद्यमीका लागि १० ओटा स्टल नि:शुल्क हुनेछन् । एउटा स्टलको शुल्क भ्याटबाहेक ४० हजार रुपैयाँ राखिनेछ । मेलामा जर्मन प्रविधिको ह्याङगर र अक्टानर्म स्टल तयार पारिनेछ । मेलामा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन समेत राखिने संघले जानकारी दिएको छ । संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सुनसरी–मोरङ औद्योगिक कोरिडोर चलायमान रहेको सन्देश दिने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको बताए । सरकारको कर उठिरहेको र बाहिरबाट आउने विप्रेषण समेत बढिरहेकाले अहिले उपभोक्तामा खर्च गर्ने क्षमता रहेको भन्दै उनले मेलामा उनीहरूको आकर्षण बढ्ने अपेक्षा गरे । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले यसअघि आयोजना गरिएको व्यापार मेलामा सांगीतिक क्षेत्रमा बढी दर्शकको घुइँचो भएकाले यसपटक स्टल घटाएर सांगीतिक कार्यक्रमका लागि पर्याप्त स्थान छुट्ट्याइएको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)