ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

२०८० मंसिर, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू थपिएको भन्दै आजियाटा ग्रूप बर्हाडले सम्पत्ति र दायित्व विक्री गरेर बाहिरिने घोषणा गरेको हो ।

आजियाटाले बुधवार सार्वजनिक गरेको सन् २०२३ को तेस्रो त्रैमासिक प्रतिवेदनमा शेयर विक्री गर्ने घोषणा गरेको हो । एनसेलमा रहेको शेयर स्वामित्व विक्री गर्ने निर्णय ग्रूपको सन् २०२३ सेप्टेम्बर २९ मा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । शेयर विक्री गर्ने निर्णय स्वीकृत भएको १२ महीनाभित्र खरीदविक्री सम्पन्न गर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१६ को अप्रिलमा आजियाटा ग्रूप वेस्ट इन्डिजको रेनोल्डस् होल्डिङ लिमिटेडसँग शेयर खरीद गरेर एनसेलमा भित्रिएको थियो । एनसेलमा मलेशियाली लगानीकर्ताको शेयर अंश ८० प्रतिशत छ । बाँकी २० प्रतिशत शेयर अंश भने स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा छ ।

  •  व्यावसायिक चुनौती बढेको निष्कर्ष
  •  सन् २०१९ देखि आम्दानी घटेको घट्यै

एनसेल आजियाटा लिमिटेडको सञ्चालन आम्दानी ६ वर्षदेखि निरन्तर घटेको रेटिङ एजेन्सी इक्रा नेपालको तथ्यांकले देखाउँछ । सन् २०१६ मा भित्रिएको आजियाटाले सन् २०१८ मा भने धेरै सञ्चालन आम्दानी गरेको थियो । 

त्यसयता उसको सञ्चालन आम्दानी निरन्तर घटेको इक्रा नेपालको गत सेप्टेम्बरको प्रतिवेदनले देखाएको छ । 

उक्त प्रतिवेदनअनुसार सन् २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सन् २०२३ मा आउँदा उक्त आम्दानी ३७ दशमलव ४० प्रतिशतले घटेको छ । सन् २०२३ को अपरिष्कृत प्रतिवेदनअनुसार कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

आजियाटाले नेपालको सन् २०२१/२२ को कुल गार्हस्थ्य उत्पादनमा एनसेलले १ दशमलव ३ प्रतिशत योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको पनि प्रतिवेदनमा छ । 

एनसेलले १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम सामाजिक कार्यमा खर्च गरेको पनि त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)