ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार महीना घर्केपछि कोशी प्रदेशमा बजेट पारित

२०८० मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। अन्य प्रदेशले पहिलो चौमासिक बजेट खर्च गरिसकेपछि कोशी प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गरेको छ । प्रदेशमा नयाँ आर्थिक वर्षको बजेट असार १ गते ल्याउने र साउन १ देखि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था रहे पनि राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा बजेट पारितमा ढिला भएको हो । गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले पहिलो चौमासिक अवधिमा ५ अर्ब ९९ करोड ४४ लाख ३१ हजार ६९९ रुपैयाँ खर्च गरिसकेको थियो । राजनीतिक अस्थिरताले सरकार परिवर्तन भइरहँदा अध्यादेशमार्फत बजेट आए पनि समयमा पारित नहुँदा प्रदेश सरकारले पटक पटक बजेट शून्यताको अवस्था खेपेको थियो ।

आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री केदार कार्कीले बजेट अध्यादेश प्रतिस्थापन गर्न प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक बुधवार पारित भएको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलोपटक जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । उक्त बजेटले प्रतिस्थापन विधेयकमार्फत पूर्णता नपाउँदा कोशी प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरियोस् भनी बुधवार प्रदेशसभामा राखेको प्रस्ताव सर्वसम्मत पारित भएको बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले घोषणा गरे ।

अर्थमन्त्रीको हैसियतमा समेत रहेका मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट विनियोजन गरेको घोषणा गरेका थिए, जुन हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटभन्दा ५० करोड रुपैयाँ बढी हो ।

मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आकार बढाएर बजेट प्रस्तुत गरेको बताएका छन् । उनले कुल विनियोजनमध्ये चालू खर्चतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगत खर्च २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)