काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलले छूट दिने भएको छ । बैंकका कार्डवाहकले होटलका विभिन्न सेवामा १० प्रतिशतसम्मको छूट पाउने भएका हुन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ । बैंकले १८९ शाखा, १४९ एटीएम र ९७ शाखा रहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।