ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई बैंकका कर्मचारीको सुरक्षा सचेतना प्रतिज्ञा

२०८० मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरूले बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त र अन्य उच्च पदाधिकारीको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराएका हुन् । सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० लाई ‘कम्प्युटर सुरक्षा दिवस’को रूपमा मनाइँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)