ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुसी सेनामा नेपाली नागरिकको संलग्नता अध्ययन गर्न समिति

२०८० मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाली नागरिकको रुसी सेनामा संलग्नताबारे अध्ययन गर्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । केही दिनअघि रुस–युक्रेन युद्धमा चार नेपाली नागरिकको मृत्यु भएपछि रुसी सेनामा नेपाली युवा कसरी पुगे भन्ने विषयमा छलफल शुरू भएको थियो । सोही अन्योल अन्त्य गर्न मन्त्रालयले सुझावसहितको प्रतिवदेन पेश गर्ने गरी समिति गठन गरेको मन्त्रालयका सह–सचिव राजीव पोखरेलले बताए । यद्यपि रुसी सेनामा भर्ना भएका नेपालीले भिजिट र विद्यार्थी भिसा प्रयोग गरेको चर्चा चल्दै आएको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरिएको मन्त्रालयले बताएको छ । समितिले सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय पाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)