काठमाडौं। पुराना खेलकर्मी तथा मिस नेपाल आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ पुस्तक बिहीवार काठमाडौंमा लोकार्पण गरिएको छ । खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रूपमा उनका अनुभव पुस्तकमा प्रस्तुत गरिएको छ । नेपालले पहिलो पदक जितेको अन्तरराष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड)मा ‘सेभ दी मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले पुस्तकमा समेटेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवं साहित्यकार वसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रूपमा विमोचन गरेका थिए ।