ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीआइएको भूमिस्थ प्रबन्ध सेवा अब प्रतिस्पर्धाबाट

निगमको रू. ५ अर्बको आम्दानीमा धक्का लाग्ने सम्भावना्

२०८० मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए)मा भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्यान्डलिङ सर्भिस) अब प्रतिस्पर्धाको माध्यमबाट सञ्चालन गराउने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमले प्रतिस्पर्धाविना हालसम्म उक्त सेवा प्रदान गर्दै आएको छ । प्राधिकरणको यो निर्णय कार्यान्वयनमा गएमा निगमले यस्तो सेवा दिएबापत गर्दै आएको आम्दानी गुम्न सक्ने देखिएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यस्तो सेवा दिएबापत वार्षिक ५ अर्ब रुपैयाँसम्म आम्दानी हुँदै आएको बताए । शुक्रवार प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली–२०७८’ को नियम ५(२) अनुसार टीआइएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थाबाट गराउने निर्णय गरेको छ । 

प्राधिकरणले शुक्रवार गरेको उक्त निर्णयलाई सघाउने गरी शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा सुझाव मागेका छन् । किराँतीले लेखेका छन्, ‘कर्मचारीको काम नगर्ने, एकआपसमा दोषारोपण मात्रै गर्ने प्रवृत्ति भएका र परिणाम नदिने संस्थाहरूलाई पुन:संरचना गर्ने सही समय आएको अनुभूति भएको छ, नेपाल वायुसेवा निगम र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थापन करार गरी सिंगापुरलगायत विश्वका चर्चित विमानस्थल जस्तै सञ्चालन गर्दा कसो होला ?’

७ दशकदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो सेवा निगमले मात्रै दिँदै आएको छ । प्राधिकरणको निर्णय कार्यान्वयनमा गएमा प्रतिस्पर्धामार्फत स्वदेशी तथा विदेशी कम्पनीले पनि यस्तो सेवा दिन पाउनेछन् ।

नेपाल वायुसेवा निगमको आम्दानीका प्रमुख स्रोतमध्ये ग्राउन्ड ह्यान्डलिङ पनि हो । निगमका प्रवक्ता पौडेलले भने प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट सेवा प्रवाह गराउने निर्णय गरेको भए पनि निगमसम्म त्यसको आधिकारिक जानकारी आइनपुगेको बताए । ग्राउन्ड ह्यान्डलिङ निगमको ‘लाइफलाइन’ भएको उनले बताए ।

निगमको आम्दानीको राम्रो स्रोत बनेको ग्राउण्ड ह्यान्डलिङ प्राधिकरणले प्रतिस्पर्धामा दिँदा उसको आम्दानीमा धक्का लाग्नेछ । प्राधिकरणको सूचना अनुसार यस्तो सेवा दिन निगम पनि खुला प्रतिस्पर्धाबाट आउनुपर्नेछ । प्रतिस्पर्धामा सफल भए अहिलेकै सेवालाई उसले निरन्तरता दिन सक्नेछ । ७ दशकदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो सेवा निगमले मात्रै दिँदै आएको छ । अब प्राधिकरणको निर्णय कार्यान्वयनमा गएमा प्रतिस्पर्धामार्फत स्वदेशी तथा विदेशी कम्पनीले पनि यस्तो सेवा दिन पाउनेछन् । त्यसका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । निगम स्रोतले भने प्राधिकरणले निगमको आम्दानीमा ‘अनावश्यक चासो’ दिएको बताएको छ । सरकारले निगमसँग रहेको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्ने निर्णय यसअघि पनि गरेकोमा कार्यान्वयन नभएको स्रोतको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)