काठमाडौं। हिमालय एअरलाइन्सले चीनको शाङ्हाई शहरमा शनिवारदेखि नियमित सिधा उडान शुरू गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शनिवार बिहान ९:२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज शाङ्हाई उडेको हो ।
काठमाडौं–शाङ्हाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । शाङ्हाईमा हिमालय एअरलाइन्स्को यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी पेइचिङसहित विभिन्न ९ शहरमा उडान विस्तार गरेको छ ।