ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली सर्ट भिडियो एप ‘रमाइलो’मा आकर्षण

२०८० मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियो शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप सार्वजनिक भएको करीब एक सातामै एक लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । एपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले हाल एपमा ९० हजारभन्दा बढी प्रयोगकर्ता सक्रिय रहेको बताए ।

प्रयोगकर्ताको सुझाव र परीक्षणका आधारमा एपमा सुधार भइरहेको उनको भनाइ छ, जसअनुसार अहिले डार्क मोड, सर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य फिचर थपेको उनले बताए । एपमा सार्वजनिक भएको सर्ट्स तथा भिडियो सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)