ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशीका विनाविभागीय तीन मन्त्रीले पाए जिम्मेवारी

२०८० मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। कोशी प्रदेशका विनाविभागीय तीन मन्त्रीले आइतवार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलका तीन विनाविभागीय मन्त्रीहरूको कार्यविभाजन गरेर मन्त्रालयको जिम्मेवारी दिएका छन् । सरकार गठनको डेढ महीनापछि मुख्यमन्त्री कार्कीले आइतवार मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् । अन्य मन्त्री थप गर्ने विषयमा भने सरकार अघि बढ्न सकेको छैन ।

कार्कीले नेपाली कांग्रेसका शम्शेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा अझै पाँचओटा मन्त्रालय छन् । एमाले सरकारबाट बाहिरिएकाले उनलाई मन्त्रीमण्डल विस्तारमा अप्ठ्यारो भने छैन । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा मुख्यकार्की नै छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)