ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरूसँग सोमवार छलफल गरी चालू आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

‘अब बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने कुनै पनि बहाना छैन । बजेट कार्यान्वयन गर्न ऐन, कार्यविधि, नियमावली जे जे बाधक बनेका छन्, ती सबै संशोधन गर्न वा नयाँ बनाउन परे पनि सरकार तयार छ,’ कार्कीले भने । जनताको काम गर्न अलमल गर्ने छूट कसैलाई नभएको भन्दै उनले वातावरणमैत्री विकास प्रदेश सरकारको प्राथमिकता भएको बताए । 

उनले भने, ‘सेवाग्राहीलाई प्राथमिकतामा राख्दै जनमुखी विकासमा जोड दिनुपरेको छ । खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौती समाधान गर्नुपर्दछ ।’ सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउन सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको भएको उनले बताए ।

छलफलमा प्रदेशका प्रमुख सचिव दीपककुमार काफ्लेले सबै मन्त्रालय तथा निकायले १० दिनभित्र बजेट कार्यान्वयन कार्ययोजना निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेश गर्ने र सोही कार्ययोजना अनुसार कार्यान्वयन गर्ने बताए । ‘संविधान, प्रचलित कानून तथा प्रदेश आर्थिक ऐनले पहिचान गरेका प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्वका क्षेत्रहरूबाट अनुमान गरेको राजस्व संकलन गर्न सबै संयन्त्र अनुशासित ढंगले क्रियाशील हुनुपर्छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)