ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरण

२०८० मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरूलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीको व्यावसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । राज्य पुन:संरचनापछि कृषिको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्दा दिनप्रतिदिन परनिर्भरता बढ्दै गएको राउतले बताए । यो अवस्थामा राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रले कृषि क्षेत्रका मुद्दालाई बहसमा ल्याउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा कोशी प्रदेशमा कृषि, पशुपालन क्षेत्रको व्यवसायीकरणको वर्तमान अवस्था, कोशी प्रदेश सरकारको कृषि तथा पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवर्द्धन अवसरका लागि कृषि मूल्य शृंखलाका मुख्य मुख्य क्षेत्र र मुद्दाबारे उद्योग कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका महासचिव विवेश गौतमले यो कार्यक्रमले पत्रकार र कृषि क्षेत्रका समाचारका मुद्दाबीच सेतुको काम गर्ने धारणा राखे । नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकारको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)