काठमाडौं। नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्ल्यू कमर्सियल भेइकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ ।
बतास एमएडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा सम्झौता भएको बताइएको छ ।
दुर्घटना भएमा क्यासलेस योजनामार्फत आइशर मोटर्स गाडीका खरीदकर्ता कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्ने बताइएको छ । यसअघि आइशरले ग्राहकलाई लक्षित गरी प्रत्येक गाडीको खरीदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आएको छ ।