ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँडफाँटको झन्डै ५ वर्षपछि त्रिशूली जलविद्युत्को शेयर कारोबार

२०८० मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। २०७५ चैत १४ गते सर्वसाधारणलाई बाँडफाँट भएको त्रिशूली जलविद्युत् कम्पनीको शेयर बिहीवारबाट दोस्रो बजारमा किनबेच शुरू भएको छ । सर्वसाधारणमा शेयर बाँडफाँट भएको करीब ५ वर्ष वर्षपछि दोस्रो बजारमा कारोबार शुरू भएको हो । कम्पनीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणमा २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म शेयरको प्रारम्भिक निष्कासन तथा विक्री गरेको थियो । कम्पनीले १ लाख ५४ हजार ५५९ सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको थियो । 

त्यस बेला सर्वसाधारणबाट प्रतिशेयर १० रुपैयाँ मात्र असुल गरेको कम्पनीले बाँकी ९० प्रतिशत रकम २०७९ असोज ४ देखिदेखि संकलन गरेको थियो । कम्पनीले बाँकी रकम संकलनका लागि २०७९ कात्तिक १७ गतेसम्मको मिति तय गरे पनि सो अवधिमा लक्ष्यअनुरुप रकम संकलन नभएपछि २०७९ फागुन १७ गतेसम्म म्याद थप गरेको थियो । कम्पनीले शुरूमा संकलित १० रुपैयाँले आर्जन गरेको ब्याज घटाएर प्रतिकित्ता ८७ रूपैयाँका दरले थप रकम संकलन गरेको थियो । सो समयमा करीब ७ करोड रूपैयाँ मात्र संकलन भएको कम्पनीले जानकारी दिएको छ ।

पहिलो कारोबार दिनमै १० प्रतिशत मूल्यवृद्धि

बाँकी रकम संकलनमा ढिलाइ हुँदा कम्पनीको धितोपत्र सूचीकरण पछाडि धकेलिएको बताइएको छ । कम्पनीले मङ्सिर १२ गते संस्थापकतर्फको समेत गरी कुल १ करोड ८५ लाख २५ हजार कित्ता शेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत गरेको थियो । 

सर्वसाधारणतर्फ कर्मचारी समेतमा वितरण भएको ३७ लाख ५ हजार कित्ता र संस्थापकतर्फ कायम रहेको १ करोड ४८ लाख २० हजार कित्ता शेयर कम्पनीले दोस्रो बजारमा सूचीकृत गराएको हो । टीभीसीएल स्टक संकेतबाट सूचीकृत भएको कम्पनीको शेयर आठ दिनपछि कारोबार भएको हो । पहिलो कारोबार दिनमा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पहिलो कारोबारका लागि ८९ देखि २६८ रूपैयाँ १४ पैसासम्मको मूल्य रेन्ज तोकेको थियो । कम्पनीको पहिलो शेयर कारोबार अधिकतम मूल्यमै भएको नेप्सेले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)