ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालीम प्रारम्भ

२०८० मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा बिहीवारदेखि तीनदिने तालीम शुरू भएको छ । तालीममा संगठनका कार्यवाहक अध्यक्ष सुबोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम, जटिलतालगायत चुनौती थपिँदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ, सुरक्षित र व्यवस्थित मर्यादित बनाउनुपर्ने आवश्यकता बोध गरी संगठनले तालीमको आयोजना गरेको बताए ।

श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तर तथा औद्योगिक विकासमा समेत प्रभाव पार्ने भएकाले जोखिम रोकथामका उपाय सबैले अवलम्बन गर्नुपर्ने धारणा उनले राखे । ‘असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘यसतर्फ सबैले ध्यान दिनुपर्छ ।’ 

तालीमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेशप्रसाद साहले तीनदिने तालीममा नीतिगत, कानूनी प्रावधान, व्यवस्थापन पद्धति, सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका बारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकलाई प्रशिक्षित गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)