काठमाडौंको हनुमानढोकामा गुहेश्वरी जात्राको क्रममा शुक्रवार गुहेश्वरीको प्रार्थना गर्दै श्रद्धालु । गत बुधवार सॉझबाट हनुमानढोकाको तलेजु भवानीको मुल गेटबाट शुरु भएको जात्रा शुक्रवार (आज) सकिँदैछ । यस वर्ष स्थानीय राजन महर्जनको विशेष सक्रियतामा जात्रा मनाउन हनुमानढोका दरबार विकास समिति हेरचाह अड्डाले नयाँ कलात्मक खट निर्माण गरिदिएको छ। तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान