ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन महीनामा ३० प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

२०८० मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको छ । 

चालु आर्थिक वर्षको तीन महीनामा चालु खाता रु. ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु. ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा थियो । 

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु. १६४३ अर्ब ९ करोड पुगेको छ, जुन करीब १०.३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्णपाठ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)