काठमाण्डौं । आजदेखि बुध्द एयरले आफ्नो १७ औं जहाजबाट व्यवसायिक उडान शुरु गरेको छ । जहाजले ५९ जना यात्रु सहित काठमाडौंबाट तुम्लिङटार पहिलो उडान गरेको हो । एयरले गत कार्तिक १० गते उक्त जहाज काठमाडौं ल्याइपुर्याएको थियो । जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उडान शुरु गरेको बुद्ध एयरले जनाएको छ ।
नयाँ जहाज कलसाइन 9N-AOC थपिएसंग बुद्धका एटिआर- ७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयरले नयाँ जहाज थप गरेको हो ।
बुध्द एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्ने छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् ।