ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीबीआईएल सेक्युरिटिज सञ्चालनमा

२०८० मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। धितोपत्र व्यवसायी (धितोपत्र दलाल) सीबीआईएल सेक्युरिटिज कम्पनी लिमिटेड (धितोपत्र दलाल नं. ९१) आइतवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक समारोहका बीच सिटिजन्स बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले विधिवत् उद्घाटन गरी कम्पनीको टीएमएस सेवा सञ्चालनमा ल्याएको बताइएको छ । सो अवसरमा अध्यक्ष पाण्डेले धितोपत्र बजारमा कम्पनीले आफनो छुट्टै पहिचान बनाउने धारणा राखे । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनमा विभिन्न किसिमका सेवा सुविधा ग्राहकमाझ ल्याउने गरी थप संस्थाको स्थापना गर्न सकिने बताए । यसअघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)