ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डीचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार, फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको हो । विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले संस्थाले एक दर्जनभन्दा बढी विद्यालयका करीब ३०० विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको बताइएको छ । वित्तीय सेवा तथा पहुँचको अवसरबाट वञ्चित ग्रामीण क्षेत्रका सर्वसाधारण र वित्तीय कारोबार बारे अनविज्ञ विद्यार्थीलाई वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउन कार्यक्रम सहयोगी बनेको संस्थाको भनाइ छ । संस्थाले हाल २८९ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)