ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उच्च लक्ष्यसहित धान किन्न शुरू

२०८० मंसिर, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्मकै ठूलो लक्ष्य राखेर किसानबाट धान किन्न शुरू गरेको छ । खाद्यले यस वर्ष १ अर्ब ७४ करोड रुपैयाँमा ५० हजार २ सय मेट्रिक टन धान किन्ने लक्ष्य लिएको छ । सधैंजसो ढिलो गरी धान खरीद गर्दै आएको खाद्य यस वर्ष भने समयमै अग्रसर भएको छ । 

खाद्यले गतवर्ष ९८ करोड ९१ लाख रुपैयाँको ३० हजार २ सय मेट्रिक टनको लक्ष्य राखेर धान खरीद शुरू गरेको थियो । तर, निकै ढिलो गरी खरीद शुरू गरेको कम्पनी लक्ष्यको आधामा पनि पुगेन । उसले गतवर्ष ४१ करोड १९ लाखको रुपैयाँको १३ हजार ४ सय मेट्रिक टन मात्रै धान किनेको थियो । 

१ अर्ब ७४ करोड रुपैयाँमा किसानसँग ५० हजार मेट्रिक टनभन्दा बढी धान खरीद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भनाइ

खाद्यले यतिबेला महेन्द्रनगर, धनगढी, राजापुर र नेपालगञ्ज क्षेत्रबाट धान खरीद शुरू गरिसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । उनका अनुसार यी स्थानबाट हालसम्म ४ हजार मेट्रिक टन धान खरीद गरिएको छ । यसबाहेक खाद्यले भैरहवा, वीरगञ्ज, जनकपुर, लहान, विराटनगर, बिर्तामोड र जुम्लाबाट समेत धान खरीद गर्ने तयारी गरिरहेको छ ।

‘यसवर्ष हामीले हालसम्मकै ठूलो लक्ष्यका साथ खरीद कार्य शुरू गरेका छौं । विगतका केही वर्षहरूमा हामीले ढिलो गरी खरीद गर्दा पहिलो कुरा त लक्ष्यअनुसार किन्न सकेनौं, त्यसमाथि खाद्यान्न अभाव भोग्नुपर्ने अवस्थासमेत आयो । त्यसैले यस वर्ष ठूलो लक्ष्यका साथ समयमै खरीद शुरू गरेका हौं । त्यसैले मुख्य खरीद केन्द्रबाहेकका स्थानमा समेत स्थानीय निकायसँगको सहकार्यमा खरीद शुरू गरिएको छ,’ उनले आर्थिक अभियानसँग भनिन् । चालू आर्थिक वर्ष (आव) का लागि सरकारले मोटा धानको प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । यो मूल्य अघिल्लो आवको तुलनामा क्रमश: २ सय ३१ रुपैयाँ र २ सय ३४ रुपैयाँ बढी हो ।

यसवर्ष खाद्यले बर्दियाको राजापुर क्षेत्रबाट सबैभन्दा बढी ९ हजार ५ सय मेट्रिक टन र जुम्लाबाट सबैभन्दा कम २ सय मेट्रिक टन मात्रै खरीद गर्ने लक्ष्य राखेको छ । खाद्यले जुम्लाबाट स्थानीय मार्सी धान खरीद गर्न लागेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)