ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

२०८० मंसिर, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । अभिमुखीकरणमा योजना महाशाखाका कर्मचारी, प्राविधिक, १९ ओटै वडाका सचिवलगायतको सहभागिता थियो । कार्यक्रममा योजना बैंकविज्ञ डा. गणेश गौतमले ७५३ ओटै पालिकामा एउटै प्रणाली लागू गर्न सके सहज हुने बताए । एउटै प्रणालीमा रहेर काम गरेमा राम्रो हुने भन्दै उनले टोल बस्तीमा छलफल गरेर योजना छनोट गरे पनि त्यसलाई आयोजना बैंकको सर्भरमा प्रविष्ट गर्न सकिने जानकारी दिए । आयोजना बैंकमार्फत एकअर्का पालिकाबीच तथ्यांक आदानप्रदान गर्नसमेत सजिलो हुने र तीनै तहको सरकारले एउटै प्रणालीमार्फत आयोजना प्रविष्ट तथा भण्डारण गर्दा आयोजना नदोहोरिने गौतमको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगले पूर्वतयारीविना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनामा दोहोरोपन हुन नदिन र आयोजनासँगै सम्बन्धित कागजातको डिजिटल कपी अनलाइनमा प्रविष्ट गर्न आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको बताएको छ । उक्त अवसरमा स्थानीय आयोजना बैंक सञ्चालनका लागि मेयर नागेश कोइरालालाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सफ्टवेयर प्रणाली वडादेखि पालिकास्तरसम्म कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)