ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग व्यवसायमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

२०८० मंसिर, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल उद्योग परिसंघ र प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी), भारतले संयुक्त रूपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ । उक्त अध्ययन प्रतिवेदन बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने सरकार र निजीक्षेत्रको पहलको रूपमा यसलाई महत्त्वपूर्ण मानिएको छ । प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगले सामना गर्ने जोखिम औंल्याई तिनका समाधानका उपाय समेत सुझाइएको छ । व्यवसायलाई जलवायुमैत्री बनाउन, जोखिम न्यूनीकरणका रणनीति अवलम्बन गर्न, मूल्य शृंखला कायम राख्न र जलवायु अनुकूलनका अवसरलाई कसरी पूँजीकरण गर्न सकिन्छ भन्ने विषय प्रतिवेदनमा समेटिएका छन् ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगले सामना गर्ने जोखिम औंल्याई तिनका समाधानका उपाय समेत सुझाइएको छ ।

‘विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषय नेपालले अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउँदै आएको छ,’ परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजीक्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।’

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायका लागि जलवायु परिवर्तनका असर रोकथामको कार्ययोजना तयार गर्न सघाउ पुग्ने बताए । यस्तै पीडब्ल्यूसी, भारतका प्रबन्ध निर्देशक जयवीर सिंहले उद्योग व्यवसायको दिगो विकासका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने ठोस रणनीति हुनुपर्नेमा जोड दिए । उक्त प्रतिवेदनले एक लचिलो र दिगो व्यावसायिक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे । परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रमध्ये एक रहेको बताए । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)