काठमाडौं। फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् । यसअघि जोशी जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको ग्रुप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । जोशीले नेतृत्व गरेका केही परियोजना सम्पन्न गर्न बाँकी रहेकाले केही समय उनी जावलाखेल ग्रुपको ग्रुप सल्लाहकारको रूपमा समेत रहने बताइएको छ ।