ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्योति विकास बैंकद्वारा स्वास्थ्यचौकीलाई बेबी वार्मर प्रदान

२०८० मंसिर, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरिएको हो ।

नवजात शिशु र विशेषगरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रूपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई रक्त अल्पताबाट जोगाउन उक्त सामग्री प्रदान गरिएको बताइएको छ । हस्तान्तरण कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनीयरमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी तालीम दिइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)