ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल दोहोरिए

२०८० मंसिर, २९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल पुन: चुनिएका छन् । बिहीवार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुन: अध्यक्ष चुनेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत छन् ।

साधारणसभाबाट संस्थापक शेयरधनीमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण शेयरधनी मध्येबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका थिए ।

साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर गरी ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले गत आवमा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको बताइएको छ । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)