ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिक्षामा बाहिरिने रकम बर्सेनि बढ्दै, ४ महीनामा विदेश अध्ययनमा जाने नेपालीबाट विदेशियो साढे ३८ अर्ब

२०८० मंसिर, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महीनामा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले २२ अर्ब ६८ करोड रुपैयाँ लगेका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो ४ महीनामा ३३ हजार ८६५ विद्यार्थीले बाहिरी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि नो अबजेक्सन लेटर (एनओसी) लिएका छन् । 

विप्रेषण आप्रवाह पनि बढ्यो

यो अवधिमा विप्रेषण आप्रवाह पनि बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको छ । उक्त अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)