काठमाडौं। टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस रोनिन ‘मोडर्न–रेट्रो’ सार्वजनिक गरेको छ । यस अवसरमा आठजना कन्टेन्ट क्रिएटरले टीभीएस रोनिनमार्फत आठदिने यात्रा सम्पन्न गरेका थिए । यात्रा काठमाडौंबाट शुरू भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत करीब १ हजार ३ सय किलोमिटरको दूरी पार गरी काठमाडौंमा समापन गरिएको बताइएको छ । टीभीएस रोनिन स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ । २२५ सीसीको यस मोटरसाइकल क्लासिक डिजाइन प्याकेजमा रेन र अर्बन एबीएस मोड, जीटीटी टेक्नोलोजी, स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता प्राविधिक सुविधासहित निर्माण भएको कम्पनीको भनाइ छ । देशभरका टीभीएस मोटर आउटलेटहरूमा पाइने यसको बजार मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ रहेको बताइएको छ ।