काठमाडौं। युएईबाट नेपालमा रकम पठाउन एनआईसी एशिया बैंक र ए–वान अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी भएको छ । समझदारी अनुसार युएईमा स्थापित उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने विश्वास दुवै साझेदारकोे छ ।
साझेदारी कार्यान्वयनमा आएपश्चात् अब अन्सारी एक्सचेञ्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने भएको छ । साथै बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिट्यान्स रकम बुझ्न सकिने बताइएको छ ।