ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २० अर्ब ६१ करोड विदेशी लगानी प्रतिबद्धता

२०८० पुस, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ५ महीनामा विदेशी व्यवसायीले नेपालमा २० अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्सिरमा मात्रै २१ ओटा परियोजनाका लागि २ अर्ब २५ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । 

साउनदेखि मङ्सिरसम्ममा प्रस्तावित १९९ परियोजनाका लागि विदेशी लगानीकर्ताबाट प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार मङ्सिरमा प्राप्त लगानी प्रतिबद्धतामध्ये अधिकांश साना उद्योगका लागि छ । साना १९ र मझौला दुई उद्योगका लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा ठूलो स्केलका उद्योगमा प्रतिबद्धता आएको छैन । 

विभागका अनुसार चालू आवमा तीनओटा ठूला परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ । मझौला ७ र साना स्केलका १८९ उद्योग/परियोजनाको लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा पर्यटन, सेवा र उत्पादनमूलक उद्योगको लागि मात्रै प्रतिबद्धता आएको छ । विदेशी लगानीका लागि वर्गीकृत कृषि, ऊर्जा, खनिज, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा मङ्सिरमा लगानी प्रतिबद्धता नै आएको छैन । 

चालू आवको ५ महीनासम्ममा पर्यटन, सेवा र उत्पादनमूलक क्षेत्रमै विदेशी लगानीकर्ताको रुचि देखिएको छ । विदेशी लगानीकर्ताले सधैंझैं पर्यटन क्षेत्र नै रोजेका छन् । यो अवधिमा पर्यटन क्षेत्रमा ९५ ओटा परियोजनाका लागि लगानी प्रस्ताव आएको छ । 

दोस्रोमा विगतमा जस्तै सेवामूलक क्षेत्र परेको छ । सेवामूलक ७४ र उत्पादनमूलक १० उद्योगको लागि प्रतिबद्धता आएको छ । यस अवधिमा ऊर्जामा लगानी प्रतिबद्धता आएको छैन । कृषि, खनिज, निर्माण, सूचना प्रविधिमा कम प्रतिबद्धता आएको छ ।

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा चालू वर्षका ५ महीनामा लगानी प्रतिबद्धता क्रमश: बढेको देखिएको छ । गत कात्तिकमा २७ परियोजनाका लागि १ अर्ब ७५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । कात्तिकको तुलनामा मङ्सिरमा परियोजना संख्या कम भए पनि प्रतिबद्धता रकम बढी छ । सरकारले ठूलो लगानी ल्याउने भने पनि उद्योग विभागमा दर्ता र आएको प्रस्ताव हेर्दा अझै पनि साना उद्योगमा लगानी गर्न विदेशी व्यवसायी बढी इच्छुक रहेको देखिएको छ । खासगरी उनीहरू पर्यटन र सेवामूलक क्षेत्रमा इच्छुक छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)