ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहामा ‘चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ हुँदै

२०८० पुस, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। पर्यटकीय गन्तव्य सौराहामा ‘चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ हुने भएको छ । शिथिल अवस्थामा रहेको पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सव गर्न लागेको बताइएको छ ।

विगतमा गरिँदै आएको चितवन हात्ती महोत्सवलाई यस पटकदेखि हात्ती तथा पर्यटन महोत्सव नाम दिएको आयोजकको भनाइ छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस १० देखि १४ सम्म महोत्सव गर्न लागिएको हो ।

कोरोना महामारी लगायतका कारण महोत्सव गएको चार वर्षदेखि नियमित थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएको र पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको उनले जानकारी दिए । पशुअधिकारकर्मीले हात्तीलाई सास्ती दिएको भन्दै प्रश्न उठाउन थालेपछि उक्त तीन प्रतियोगिता हटाइएको उनको भनाइ छ । उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगिता, क्याराभान लगायतका गतिविधिलाई समावेश गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रियाका साथै चितवनको पर्यटकीय गन्तव्यलाई जोड्ने उद्देश्यसहित चितवनका मुख्य पर्यटकीय स्थलमा प्रदर्शक खटाइने अध्यक्ष गिरीले बताए ।

शिथिल भएको चितवनको पर्यटनलाई माथि उकास्न स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले निभाउनुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्वबोध गराउन महोत्सव सहयोगी हुने संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)