काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २३०औंैं बैठकबाट पौडेललाई सर्व–सम्मत अध्यक्ष पदमा चयन गरेको बताइएको छ । औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अध्यक्ष पौडेललाई शपथ ग्रहण गराएका थिए । पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।