काठमाडौं। कुमारी बैंक लिमिटेडअन्तर्गत छुट्टै युनिटको रूपमा सञ्चालित ‘कुमारी बैंक अवकाश कोष’ले आफ्ना शाखा र विस्तारित काउन्टरमार्फत विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । कोषले सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोष लगायत अन्य कोषको खाता खोल्ने, सञ्चित बचतका आधारमा कर्जा दिने एवं अवकाश पाएका कर्मचारीको सञ्चित कोष रकम फिर्ता गर्ने जस्ता काम गर्दै आएको बताइएको छ ।
यस कोषले गत असार मसान्तसम्मको सञ्चित बचतबाट ७८ प्रतिशत रकम ४ करोड १७ लाख १४ हजार ८३५ रुपैयाँ यस अवकाश कोषमा सहभागी कर्मचारीलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेकोे औसत मौज्दातको १ प्रतिशत लाभांश रकम बचतकर्ताकै अवकाश कोष खातामा जम्मा हुने गरी वितरण गरिएको बताइएको छ । उक्त कोषले विगतका वर्षमा पनि आफ्नो सञ्चित बचत रकमबाट बचतकर्तालाई लाभांश वितरण गर्दै प्रत्येक वर्ष २० हजार रुपैयाँसम्मको नि:शुल्क औषधोपचार बीमा, १० हजार रुपैयाँसम्मको सुत्केरी तथा शिशु हेरचाह खर्च र १० हजार रुपैयाँसम्मको काजक्रिया खर्च प्रदान गर्दै आएको बताइएको छ ।