काठमाडौं। एड प्रो मिडिया प्रालि स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘रमाइलो सेवा समूह’सँग सहकार्य गरी पूर्वी चितवन रत्ननगर निवासी अपांगता भएकी कवयित्री प्रकृति देवकोटाको कविता संग्रह ‘प्रकृति बाग’ प्रकाशन गरी उनको जन्मदिनको अवसर पारेर आइतवार विमोचन गरेको छ । कार्यक्रममा रमाइलो सेवा समूहका अध्यक्ष पुष्पलाल भट्टराईले आगामी दिनमा पनि यस्तै परोपकारी काम गर्दै जाने र कवयित्री देवकोटाको साहित्य सृजनामा थप परिष्कृत हुने अपेक्षा गरेको बताए । एड प्रो मिडियाका प्रबन्ध सञ्चालक झलनाथ खतिवडाले आगामी दिनमा यस्ता खालका सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।