ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको हो । बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।

उद्योग र सरकारी अनुदानबाट समेत गरी अब किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सचारमन्त्री रेखा शर्माले जानकारी दिइन् । किसानहरूले भने उखुको खरीद मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ पुर्‍याउनुपर्ने माग राख्दै आएका थिए ।

प्रवक्ता शर्माले सरकारको एकवर्षे अवधिको समीक्षा भएको र सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजनासहित कार्ययोजना मुख्यसचिवबाट प्रस्तुत गरिएको समेत जानकारी दिइन् । मन्त्रिपरिषद् बैठक बस्न मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको हल प्रयोगमा ल्याइएको उनले बताइन् । मन्त्रिपरिषद्को नियमित बैठक भने आज (बिहीवार) बस्दै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)