काठमाडौं। डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलवार आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ २०२३’मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो । यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिविम्बित गर्ने बताइएको छ । भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्चमार्क स्थापित गरेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले दाबी गरे । आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवा लिएर आउने उनको भनाइ छ ।