ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला 

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर। स्थानीय सरकारको पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा कार्यशाला गरिएको हो । उक्त कार्यशालामा कर्णाली प्रदेशका करीब २० स्थानीय तह अन्तर्गतको पर्यटन हेर्ने समितिका संयोजक र पर्यटन शाखा वा योजना शाखासँग सम्बन्धित कर्मचारीहरूको क्षमतावृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यशाला गरिएको बताइएको छ ।

कार्यक्रमले दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्ने, स्थानीयस्तरमा आर्थिक वृद्धि गर्ने र पर्यटकहरूका लागि जीवन्त र आकर्षक गन्तव्य विकास गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको आयोजकको भनाइ छ । कार्यशालामा पर्यटनको विस्तृत बुझाइ, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकीय गन्तव्यको ब्रान्डिङ रणनीति, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन लगायत विषयवस्तुमा छलफल गरिएको परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)