ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ‘नेपाली जुत्ता घर’ सञ्चालन

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । विगबजार नेपाली जुत्ताघरमा सातओटा उद्योगका जुत्ता विक्रीका लागि राखिएको छ । 

सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत वृद्धि हुने बताए । नेपाली जुत्ता उद्योगीहरूले गुणस्तर वृद्धि गरी विदेशमा समेत निर्यात गर्नुपर्नेमा उनले जोड दिए । चितवन उद्योग संघका अध्यक्ष न्यौपानेले नेपाली उत्पादनले गुणस्तरमा प्रतिस्पर्धा गर्दै बजार प्रवर्द्धन गर्नुपर्ने बताए । 

सो अवसरमा फुटवेयर म्यानुफ्याक्चरिङ एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रवर्द्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा शाखा विस्तार गरिएको बताए । घिमिरेले देशैभरी विक्री कक्ष सञ्चालन गर्ने उद्देश्यसहित शाखा विस्तार गर्दै लगिएको बताए । ‘यो विक्री कक्षमा एउटै छानामुनी ग्राहकले विभिन्न ब्राण्डका जुत्ता पाउँछन्,’ उनले भने, ‘यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि वृद्धि हुन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)