ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘अनुदानले मात्र उदयपुर सिमेन्ट चल्दैन’

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारी अनुदान मात्रै दिएर उदयपुर सिमेन्ट उद्योगको समस्या समाधान नहुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । निजीक्षेत्रले सिमेन्ट उद्योगमा गरेको प्रगतिका विषयमा उल्लेख गर्दै महतले अन्तबाट उठाएको कर उद्योगमा हालेर बचाउन नसक्ने बताएका हुन् ।

बुधवार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानीको निरीक्षण गर्न उदयपुर पुगेका उनले उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कँदैन,’ उनले भने, ‘व्यवस्थापन सुध्रिनुपर्‍यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्‍यो ।’

जापान सरकारको सहयोग रहेको यो उद्योगले सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन । अहिले ७५ करोड रुपैयाँको दायित्व रहेको उनले बताए । सरकारले व्यवस्थापक नियुक्त गर्दा पनि कमजोरी भएको भन्दै उनले भने, ‘व्यावसायिकतालाई हामीले महत्त्व दिएनौं, श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’

उद्योगमा सरकारको सहभागिता जरुरी नभएको पनि उनले बताए । जापानको सहयोगमा बनेको उद्योगमा कामको संस्कृति पनि जापानको जस्तै विकसित गर्नुपर्ने उनले बताए । व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनको भनाइ छ । उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँगै नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)