ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागमती प्रदेशको कृषिसम्बन्धी विधयेकमाथि छलफल

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । खाद्यका लागि कृषि अभियानले बागमती प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रस्तावमा छलफल गरेको छ । 

बागमती प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमा सुझाव दिने उद्देश्यले छलफल गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकलगायतको उपस्थिति थियो । 

अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता वास्ताकोटीले खाना, खेतीपातीको क्षेत्रमा रहेका वर्तमान संकटमाथि प्रकाश पार्दै दिगो कृषिमा आधारित विकेन्द्रित कृषि संरचना र आयात प्रतिस्थापनमा जोड दिइन् । 

विधेयकमाथिको नागरिक प्रस्तावना पेस गर्दै अभियानका संयोजक अधिकारीले कृषिप्रधान देश भए पनि नेपालले धेरै कुरा गुमाएको बताए । मौजुदा विधयेकले पनि सोही बाटो पहिल्याउन लागेको भन्दै उनले समय छँदै विधेयक संशोधनका लागि सांसदको ध्यानाकर्षण गराए । 

सभामुख पाठकले युवा विदेशिनुपर्ने अवस्थाको अन्त्य कृषिबाटै हुने दाबी गरे । साथै उनले कृषिमा अध्ययन र अनुसन्धान बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पेस भएका सुझाव कार्यान्वयनमा प्रदेश सांसदहरूले सकारात्मक प्रयास गर्नेमा आशावादी रहेको उनले सुनाए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)