ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मोरङ व्यापार संघ एक्स्पो’ आजदेखि

२०८० पुस, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आज (शुक्रवार)देखि शुरू हुँदै छ । १० दिनसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।

मेलामा ‘मुर्रादेखि माछाका भुरा’सम्म राखिने आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । मेलामा २४० ओटा स्टल रहेका छन् । यो पटक ३० हजार वर्गफिट क्षेत्रफलमा जर्मन प्रविधिबाट निर्मित डोममा स्टलहरू छन् ।

महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र स्वयम्भुनाथ (प्यागोडा) आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आईफिल टावरको आकृति निर्माण गरिएको छ । मेलामा कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका सह–आयोजकका रूपमा रहेका छन् । ‘डायमण्ड स्पोन्सर’मा एमडिएच श्री कृष्ण टे्रडर्स विराटनगर रहेको छ ।

त्यसैगरी ‘गोल्ड स्पोन्सर’मा खुकुरी रम, नेपोभिट टायल्स, टुपीएम स्न्याक्स नुडल्स, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स र डेल्डा टायर एण्ड ट्युब्स रहेका छन् भने ‘सिल्भर स्पोन्सर’मा रिजालको सीपिभिसी, पीभिसी, एचडिपिई पाइप, मेजिक फुटवेयर र राठी एफआरएलएस केबल छन् । मेला संयोजक अनिल साहका अनुसार क्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत देशबाट प्रदर्शक सहभागी हुँदै छन् । मेला करीब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)