काठमाडौं। हल्ट प्राइज फाउण्डेसनले वार्षिक रूपमा विश्वव्यापी सामाजिक उद्यमशीलतासँग सम्बन्धित प्रतियोगिता गर्दै आइरहेको छ, जसले कलेज र विश्वविद्यालयका विद्यार्थीलाई दबाबपूर्ण सामाजिक समस्यासँग जुध्न नवीन समाधान खोज्न सघाउने बताइएको छ ।
विद्यार्थीलाई दीर्घकालीन लक्ष्यसँग जोडेर विश्वमा सकारात्मक प्रभाव पार्ने विचार अगाडि ल्याउन यसले मञ्च प्रदान गर्ने बताइएको छ । हल्ट प्राइजले यस वर्ष धेरै विषयवस्तु तय गरेको छ । यसले विद्यार्थीलाई आफ्नो मनपर्ने कुनै पनि क्षेत्र छनोट गरी आवेदन दिन सहज भएको छ ।
आवेदन कम्तीमा तीन व्यक्तिहरूको समूहमा दिनुपर्ने र बढ्दो सामाजिक समस्या रोक्न दिगो समाधान खोजिनुपर्ने बताइएको छ । विजेतालाई १ मिलियन डलर बराबरको बीउ पूँजी उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ । यसको अन्तिम घोषणा फेब्रुअरी २३ मा गरिने बताइएको छ ।