ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्रेस्ट माइक्रो लाइफको सीएमएल लघु सावधिक जीवन बीमा योजना 

२०८० पुस, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकैसाथ प्रदान गर्ने बताइएको छ । यो योजनाअन्तर्गत जोखिम वहनका अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीको भनाइ छ । योजनाको प्रमुख विशेषता नियमित बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न भएको बताइएको छ । कम्पनीका अनुसार यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका ग्राहकले खरीद गर्न सक्नेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)