ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्छ : राष्ट्रपति

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। वैदेशिक रोजगारीका कारण गाउँघर नै रित्तिने अवस्था आएकाले अब बाहिर जाने जनशक्तिलाई यहीँ रोक्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । यसका लागि स्वदेशमै रोजगारी सृजना हुनुपर्ने भएकाले कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्ने उहाँले बताउनुभयो ।

विराटनगरमा नेपाल उद्योग परिसंघ, कोशी प्रदेश समितिले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा जनशक्ति विदेशिने क्रम बढेको बताउनुभयो । ‘यो स्थिति रोक्न कृषि, वन र खनिजमा आधारित उद्योगको व्यापक विस्तार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कोभिड–१९ पछि शिथिल भएको अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको राष्ट्रपति पौडेलले बताउनुभयो । नेपालमा कृषि क्षेत्रको रूपान्तरण तथा उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरीबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने अवस्था नरहेकाले निजीक्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र सम्भव हुने उहाँले बताउनुभयो । यसका लागि सार्वजनिक–निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)